भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा केही प्राविधिक जनशक्ति पदपूर्ति गर्ने भएको छ । केन्द्र एक सुचना जारी गदै सूचनामा मेडिकल रेकर्डर देखि सिनियर रजिष्ट्रार पद समेत गरी विभिन्न छ वटा विषयमा ८ जना जनशक्तिको पदपूर्ति गर्न माग गरेको हो ।
जसमा सिनियर रजिष्ट्रार वा रजिष्ट्रार कार्डियोजोरासिक तथा भास्कुलर सर्जरी १ जना, रजिष्ट्रार रेडियोलोजिष्ट (आठौँ) २ र रजिष्ट्रार ग्यास्ट्रोइन्टेरोलोजी तथा हेपाटोलोजी (आठौँ) १ माग गरेको छ । ।
यस्तै रजिष्ट्रार यूरोलोजी (आठौँ) २ जना, रजिष्ट्रार कार्डियोलोजी (आठौँ) १ जना र सहायक मेडिकल रेकर्डर (सहायक प्रथम) १ जना पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरिएको छ । योग्यता पुगेकाहरुले २१ दिन भित्र दरखास्त पेश गर्न भनिएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1