कोशी प्रदेशले हेल्थ असिस्टेन्ट, नर्स, ल्याब टेक्निसियन, डेन्टल हाइजिनलगायतमा लोक सेवा खुलाएको छ। सोमबारको गोरखापत्रमा सूचना जारी गर्दै लोकसेवा खुलाएको हो।
आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी प्रदेश निजामती सेवा तथा स्थानीय सरकार सेवाअन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका सहायक स्तर पाँचौँ तहका पदहरूमा दरखास्त आह्वान गरेको हो ।

प्रदेशले रेडियोग्राफर, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन आदिको पनि लोकसेवा खुलाएको हो।

योग्यता पुगेका उम्मेदवारहरूले पुष १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुष २१ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0