काठमाडौं ।  नेपालका स्वास्थ्य पत्रकारद्धय कल्पना आचार्य र धनवहादुर खड्काले ग्लोबल एएमआर मिडिया अवार्ड प्राप्त गरेका छन् ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर) का विषयमा उत्कृष्ठ रिपोर्टिङ गरे वापत आचार्य र खड्काले सो अवार्ड प्राप्त गरेका हुन् । आचार्य हेल्थ टिभी अनलाइनमा र खड्का स्वास्थ्य खबर पत्रिका तथा नेपाल लाइभ टुडेसंग आवद्ध छन् ।

। छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो।

विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन्। बिहीबार ग्लोबल एएमआर मिडिया अलायन्सले आयोजना गरेको चौंथो ग्लोबल मिडिया फोरममा अवार्ड विजेताको नाम सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0