काठमाडौं । नेपाल चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउन्डेशनले बाढी–पहिरो प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । काठमाडौंको बल्खुमा आयोजित शिविरमा ३ सय २० जना बाढी–पहिरो पीडितलाई स्वास्थ्य उपचार गर्नुका साथै राहत वितरण गरिएको छ ।

२० जना डाक्टरले दुई दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाल चिकित्सक संघका महासचिव संजिव तिवारीले बताए। उनका नेपाल चिकित्सक संघ र अमेरिका मेडिकल नेपाल फाउन्डेशनले बुधबार काभ्रेको बेथानचोक गाउँपालिकामा पनि स्वास्थ्य शिविर र राहत वितरण गर्न लागेको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँचसँगै चामल, बलाङ्केटका र अत्यावश्यक स्वास्थ्य सामग्री पीडितलाई उपलब्ध गराइँदै आएको उनले बताए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0