बुटवल । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका ११, बस्ने १९ वर्षीय विशाल परियार र पछाडि बसेका दाङको राप्ती गाउँपालिका २ का १८ वर्षका दिनेश कुँवरको मृत्यु भएको प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लक्ष्मी खनालका अनुसार मंगलबार बिहान बुटवलको नुवाकोटस्थित भ्यु प्वाइन्टबाट बुटवलतर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोदेखि ५०-६० मिटर तल खसेको थियो ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0