काठमाडौं । सौरपानी समाजको आयोजना तथा नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गोरखा जिल्लाको बारपाक सुलिकोट गाँउपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर सम्पन्न भएको छ ।

माघ २२ र २३ गते २ दिनसम्म चलेको उक्त शिबिरमा ३५३ जना महिला र २६३ जना पुरुष गरी कुल ६१६ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षणमा ४४ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो ।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार मोतियाबिन्दु देखिएको ४४ जना बिरामीहरुको डाक फाउन्डेशनको सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको छ भने, ४५० जनालाई निःशुल्क औषधी र ३५८ जनालाई ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन इन्टरनेशनलको सहयोगमा निःशुल्क चस्मा समेत वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालहरुले विभिन्न संघ संस्था तथा निकायहरुको सहकार्यमा देशैभरी बार्षिक रुपमा हजारौ निःशुल्क शिबिर सञ्चालन गर्दै आईरहेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0