आँबुखैरेनी गाउँपालिकाबाट संचालित आँबुखैरेनी अस्पतालमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा ५९ वर्षीय माधवप्रसाद वाग्लेको हर्नियाको सफल शल्यक्रिया भएको हो ।
दमौली अस्पतालका प्रमुख एवं सर्जन डाक्टर परिवर्तन बराल, एनस्थेसिया सहायक कुशल भट्टराई, आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डिबी क्षेत्री, नर्सहरु पूजा रावल, सीमा सापकोटा क्षेत्री, प्रयोगशाला प्रमुख अमृत पण्डित र ओ टि सहयोगी श्रावण बुढाथोकीको टिमले सफल सल्यक्रिया गरेका गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । करिब साढे दुई घण्टामा शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1