काठमाडौं । बागमती प्रदेश सरकारले स्वास्थ्यका चार उच्च अधिकारीहरुको सरुवा गरेको छ । जसमा डा. नरेन्द्रकुमार झाको बागमती स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशक पदमा सरुवा भएको छ । उनी यसअघि एघारौँ तहका उनी यसअघि प्रदेश स्वास्थ्य तालीम केन्द्र बागमती प्रदेशका निर्देशक थिए ।
एघारौँ तहका उनी यसअघि प्रदेश स्वास्थ्य तालीम केन्द्र बागमती प्रदेशका निर्देशक थिए । तालीम केन्द्रमा भने यसअघि स्वास्थ्य निर्देशनालयमा निर्देशक रहेका दीपक तिवारीलाई पठाइएको छ । उनी पनि एघारौँ तहका हुन् ।
जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुख रहेका अर्जनु सापकोटाको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकको रुपमा डा.अर्जुनप्रसाद सापकोटाको सरुवा भएको छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखमा डा.बसन्त अधिकारीलाई सरुवा गरिएको प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले जानकारी दिए । गत १६ असोजमा बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका चार जना अधिकारीको सरुवा गरेको थियो ।