TOPSHOT - Smoke rises from the site of an Israeli airstrike that targeted an area in the southern Lebanese village of Khiam on October 30, 2024. Israel expanded operations in Lebanon nearly a year after Hezbollah began exchanging fire in support of its ally, the Palestinian Hamas movement after its attack on Israel in October 2023. (Photo by AFP)

दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा ९माउन्ट लेबनान० मा इजरायली हवाई आक्रमणबाट २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको घोषणा गरेको छभने उद्धार तथा भग्नावशेष हटाउने कार्य अझै जारी छ ।

नेशनल न्युज एजेन्सी ९एनएनए० ले रिपोर्ट गरेअनुसार इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको पूर्वी याहमोरमा गोलाबारीको बिचमा याहमोर अल साकिफ र अर्नुन सहरहरूमा छापा मारेका थिए ।

टायरमा लडाकु विमानहरूले देइर कानौन अल नाहर सहरमा छापा मार्दा भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ ।

सन् २०२३ अक्टोबर देखि लेबनान र इजरायलबीच हवाई आक्रमण सुरू भएको थियो । सेप्टेम्बरको अन्त्यदेखि, इजरायलले आक्रमणको गति बढाउदै राजधानी बेरुतसम्म विस्तार गर्दा हजारौँ लेबनानी हताहत भएका छन् भने १० लाखभन्दा बढी मानिसहरूलाई विस्तापित भएका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0