अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवाली सम्मानित भएका छन्। उक्त सम्मान पाउँने उनी पहिलो नेपाली भएका छन्। अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी क्यान्सरको क्षेत्रमा सबैभन्दा ठूलो संस्था हो ।
‘म निकै खुशी र गर्वित छु, मलाई उक्त प्रतिष्ठित सम्मान प्राप्त भएको छ। साथै नेपालबाट यो सम्मान पाउने पहिलो व्यक्ति रहेको छु’ उनले लेखेका छन् । उनले यो सम्मानको यात्रामा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
+1
1
+1
+1