काठमाडौं । पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल पुगेका छन्।
गत आइतबार राति साढे ८ बजे उनलाई काठमाडौँको नर्भिक अस्पताल भर्ना गरिएको थियो।
९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएकाले अहिले औषधी चलाइएको र सुधारको सम्भावना देखिएको अस्पतालले जनाएको छ।
मंगलबार साँझ पूर्वमुमाबडामहारानीलाई भेट्न शाह नर्भिक अस्पताल पुगेका हुन्।
यता, अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहका अनुसार अहिले उनको स्वास्थ्य सुधार हुँदै छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1