स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी र हैजाविरुद्धको खोप कार्यक्रम ल्याउने योजना रहेको बताएका छन। इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्यसम्बन्धी बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा हैजा र हेपाटाइटिसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममार्फत ल्याउन लागेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले, “हामी हैजाको खोप ल्याउनेबारे विमर्श गरिरहेका छौँ । नेपालले यसका लागि चाँडै गाभीसँग औपचारिक अनुरोध गर्ने छ ।” उनले नेपाल नयाँ सङ्घीय व्यवस्थामा स्वास्थ्यको जनशक्ति अभाव जस्ता समस्यासँग जुधिरहनु परेको उल्लेख गर्दै हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरणमा वैदेशिक सहयोग खोजेको बताए । नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0