छठ पर्वको उपलक्ष्यमा वीरगन्जस्थित घडीअर्वा पोखरी छठघाट परिसरमा सोमबार आयोजित रक्तदान कार्यक्रमममा ४८ जनाले रगतदान गरेका छन् । घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा पाँच महिलासहित ४८ जनाले रगत दान गरेका हुन् ।
घडीअर्वा छठघाट परिसरमै आयोजित रक्तदान कार्यक्रममा वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानु,क्लबका अध्यक्ष सन्तोष साह, खुशी मरहठा,लखनलाल गुप्ता,नेहा ठाकुर,अमृता मल्लीक,आनन्द साह ,अंगद साह, रोशन साह कानु,प्रमोद यादव, मनोज कलवार,गायत्री कुमारी , जितेन्द्र सिंह, घनश्याम गुप्ता,बलिराम साह लगायतका रगत दान गरेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
यसअघि रक्तदान कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमानज सिंह धार्मिक चाडपर्वमा रक्तदान जस्तो पूण्य कमाउने काम गरेकोमा क्लबका युवाहरूको प्रशंसा गरे । उनले बैभव वीरगन्ज बनाउनख आफूले थालेको अभियानमा युवाहरूको साथ र सहयोग आवश्यक रहेको बताए ।
आयोजक क्लबका अध्यक्ष सन्तोष साहले छठ पर्वको उपलक्ष्यमा क्लबले विगत २२ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको र आगामी वर्षमापनि यसलाई निरन्तरता दिने बताए । धार्मिक अवसरमा सामाज सेवा पनि होस् भनेर आफूहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।