मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदिप ज्ञवालीले शुक्रबार सपथग्रहण गरेका छन् ।वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)ले ज्ञवालीलाई सपथग्रहण गराएका थिए ।

कार्यक्रममा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्री, सचिवहरू लगायतको उपस्थिति रहेको थियो । वाग्मती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

पहिले उपकुलपति रहेका प्रा.डा. विश्वराज जोशीको पदावधि सकिएपछि लामो समयदेखि प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन सकेको थिएन । यसैगरी सपथग्रहण लगतै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा भिमसागर गुरागाई र संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त गरिएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0