स्वास्थ्य बीमा बोर्डले पञ्च वर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । पछिल्लो समय ‘हिड्दा हिड्दै बाटो भुलेको’ जस्तो अवस्थामा पुगेको बोर्डले केही वर्षको तयारी पछि ‘स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०८१/८२ – २०८६/८७’ ल्याएको हो ।
नयाँ रणनीतिले बीमा बोर्ड अबको ५ वर्ष कसरी अघि बढ्छ भन्नेबारेमा जानकारी दिने बताइएको छ ।
हालसम्म स्वास्थ्य बीमा कार्यक्रम देशका सबै जिल्लाहरुका सबै स्थानीय तहहरुसम्म बिस्तार भएको बोर्डले जनाएको छ। यस कार्यक्रममा आर्थिक वर्ष २०८० /८१ सम्म जम्मा ८१,१४,५९४ जना ९२८ प्रतिशत० नागरिक र २५,१४,२२० (३८ प्रतिशत) परिवार आवद्ध भएको बताइएको छ। कुल बीमित मध्ये ४८ प्रतिशतले स्वास्थ्य बीमामार्फत् स्वास्थ्य सेवा लिएको उल्लेख गरिएको छ।
स्वास्थ्य बीमाका लागि अहिले प्रतिपरिवार ९पाँच जना० का लागि ३ हजार ५०० रुपैयाँ योगदान रकम तिर्नुपर्छ ।
यसले १ लाख रुपैयाँसम्मको उपचार हुने छ । तर पछिल्लो समय सरकारीमा १० प्रतिशत र निजीमा २० प्रतिशत सहभुक्तानीको रुपमा तिर्नुपर्ने व्यवस्था थपिएको छ ।
हाल सुविधा थैलीमा १५२ प्रकारका प्रयोगशाला परीक्षण, ७२ प्रकारका इमेजिङ सेवा, १०२ प्रकारका मेडिकल उपचार विधि, ३६ प्रकारका मुटुरोग सम्वन्धि उपचार विधि, ९१५ प्रकारका सर्जिकल उपचार, ४३ प्रकारका शल्यक्रियामा प्रयोग हुने सामग्रीहरु समावेश छ ।
आ.व. २०८०/८१ मा कुल बीमित नागरिक मध्ये ६२ प्रतिशतले नवीकरण गरेको पाइन्छ ।
गत १५ साउनको बैठकले ५ वर्षे स्वास्थ्य बीमा रणनीति मार्गचित्र पास भएको बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले जानकारी दिए ।