काठमाडौं । गुनासो सुनुवाई समितिको संयोजकत्वमा डा.अनुप बास्तोलालाई तोकिएको छ ।
मंसिर १६ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरिय निणर्य गदैं डा.बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई गर्ने, सुझावहरुको कार्यान्वयन गर्ने र जिज्ञासा समाधान गर्ने समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा मन्त्रालयको सूचना प्रविधि निर्देशक रमेश राज सुवेदी, शाखा अधिकृत गौरी प्रसाद आचार्य रहेका छन्।
मन्त्रालयले सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सुशासन (व्यवस्थापन र सञ्चालन) नियमावली, २०६५ को नियम २० मा भएको व्यवस्था अनुसार मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासोलाई उचित सुनुवाई गर्न, सुझावहरुको कार्यान्वयन गर्न र जिज्ञासाको समाधान गर्न उक्त समिति गठन गरिएको बताइएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1