काठमाडौं । आगामी मंसिर २८ मा नेपाल नर्सिंङ संघको २० औं केन्द्रिय समितिबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
उक्त नेतृत्वका लागि मैदानमा उत्रेकी ( सयुक्त प्रगतिशित समुह) प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहले २८ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
(बुधबार) आज पत्रकार सम्मेलन गरी सो समूहले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हुन् ।
नर्स महिला कार्यरत सबै संस्थाहरुमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउँन पहल गर्ने, अवकास प्राप्त नर्सहरुको क्षमता र अनुभवलाई कदर गर्दै सुजनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने , सुत्केरी भएको २ वर्षसम्म र ५० वर्ष नाघेका नर्सहरुलाई नाईट ड्युटी गर्न नलगाउँने नितिगत व्यवस्थाको लागि पहल गर्ने लगायतका प्रतिवद्धता पत्रमा उल्लेख छ ।
त्यसैगरी, निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने, रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि विदा तथा चाड पर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने, जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता,५० भन्दा बढी कामदार रहेको उद्योगमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने , नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था र स्कुल हेल्थ नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयहरुमा दरबन्दी विस्तार पनि उल्लेख छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षकी उम्मेद्धवार प्राध्यापक चद्रकला शर्माले हाम्रो समूहमा युवा देखि पौढ उमेरका उम्मेद्धार रहेको बताईन् ।
युवा जोश र प्रौढको अनुभवलाई मिलाएर हामीले नर्सिङ संघलाई थप उचाईमा पुरयाउने उनको भनाई छ ।
नर्सहरुको पेशागत हकहित तथा अधिकार, बृत्तिविकास, स्वच्छ शैक्षिक बातावरण निर्माण, कार्यस्थल सुरक्षा सुनिश्चितताको लागि थप जिम्मेवार ढंगले काम गर्न आफ्नो समूहको उम्मेद्धारी रहेको उनले बताईन् ।
यस्तो छ घोषणापत्र