काठमाडौं । सभामुख देबराज घिमिरेले अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेत्रहिन युवा सङ्घ नेपालले विभिन्न साझेदारीहरु सङ्घसंस्थाहरूको सहकार्यमा युवाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न नसकेको बताएका हुन् ।
उनले संविधानले भेदभाव रहित कानून बनाउने कुराको ग्यारेन्टी गरेसँगै कानूनहरु निर्माण भएतापनि कार्यान्वयनमा भने फितलो रहेको बताए ।

उनले भने, ‘संविधानले भेदभाव रहिद कानून बनाउने कुराको ग्यारेन्टी गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको सम्मानको कुराहरु पनि गरेको छ । कानून बन्न निर्देशित गर्छ र बनेका पनि छन् । तर कानूनहरु कार्यान्वयन गर्ने सन्दर्भमा अझै पनि धेरै कमिहरु भइरहेका छन् । यो क्षेत्रको संवेदनशिलतालाई पहिलो कुरा परिवारले, समाजले र राष्ट्रले आत्मसाथ गर्न सकिरहेको छैन् । जति आत्मसाथ गराउन सक्छौं त्यति नै यो क्षेत्रको समावेशिता हुन सक्छ ।’

उनले नीति, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने राज्यका विभिन्न अङ्गहरुले अपनाएर मात्रै समावेशिता सम्भव नरहेको धारणा राखे । विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशीताको बलियो आधार बन्न सक्ने उनको भनाई छ ।

उनले भने, ‘समावेशिताको कुरा गरिरहँदा समावेशिता नीति र सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने तह र राजयका विभिन्न अङ्गहरुले यसलाई अपनाएर मात्रै सम्भव छैन् । मेरो विचारमा समावेशिता सक्षम हुनुपर्छ । त्यसपछि मात्रै यी कुराहरु कार्यान्वयन गर्ने आधार बन्न सक्छ । समावेशिताको लागि विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत कसरी वृद्धि गर्ने त्यो सोच्नु पर्छ । यो समुदायलाई आर्थिक रुपमा चाहिने न्यूनतम आवश्यकता परिपूर्ति गरेपछि मात्रै समावेशिताको लागि बलियो आधार बन्न सक्छ ।’

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0