काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

प्राध्याक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्दैछ । राष्ट्रपति पौडेलले १५र१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए ।

अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको उपचारमा संमलग्न एक चिकित्सकले बताए ।

राष्ट्रपति पौडेलको आज नै शल्यक्रिया हुँदैछ । ति चिकित्सका अनुसार शल्यक्रिया प्रक्रिया सुरु गरिसकेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0