चुनावको तीन दिनअघि हजारौँ महिला शनिबार वासिङ्टनमा उत्रिएर डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि उहाँको आह्वानप्रति जोडदार समर्थन प्रदर्शन गरेका छन् ।
उपराष्ट्रपतिले रिपब्लिकन डोनाल्ड ट्रम्पविरुद्धको आफ्नो ह्वाइट हाउस अभियानमा गर्भपतन अधिकारलाई केन्द्रीय मुद्दा बनाउनुभएको छ र वार्षिक महिला मार्चमा प्रदर्शनकारीहरूबीच यो विषय निरन्तर उठेको छ ।
“महिलाका रूपमा हाम्रो अधिकारको समर्थन गर्ने उम्मेदवारलाई मतदान गर्नु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो”, उत्तर क्यारोलिनाबाट कार्यक्रममा सहभागी हुन आएकी १९ वर्षीया लिया ब्रुकरले भन्ने ।उनले पहिले नै प्रारम्भिक मतदानमा आफ्नो मत खसालिसकेकको बताए । “मेरो पहिलो मत एक महिलाका लागि थियो भन्ने कुरा धेरै सशक्त थियो”, उनले भन्ने।
उनले ‘यदि केटाहरू केटा नै हुन्छन् भने, महिलाहरू राष्ट्रपति हुनेछन्’ भन्ने लेखिएको प्लेकार्ड  थियो ।अन्य प्लेकार्डमा ‘मतदानले अवाञ्छित राष्ट्रपति रोक्छ’ र ‘महिलाको स्थान ओभल अफिसमा हो’ जस्ता नाराहरू लेखिएका थिए ।
आयोजकहरूले करिब १५ हजार मानिसको उपस्थिति रहेको अनुमान गरेका छन् । अन्य अमेरिकी शहरमा पनि सहयोगी मार्चहरू आयोजना गरिएका थिए ।अमेरिकी क्यापिटलको गुम्बजलाई पृष्ठभूमिको रूपमा राख्दै फ्रिडम प्लाजामा वक्ताहरूले ६० वर्षीया ह्यारिसको समर्थनमा जोश भरेका थिए ।
“हामी पछि फर्किंदैनौँ ” ह्यारिसको अभियानको एउटा नारालाई दोहोर्याउँदै भीडले नारा लगायो । सत्तरी वर्षीया सेवानिवृत्त मार्लिन वाग्नर नेब्रास्काबाट आएकी थिइन। उनले भनिन, “म मेरा नातिनातिना र मेरा बच्चाहरूका लागि आएकी हुँ किनभने म उनीहरूको भविष्यका लागि डराएकी छु ।”उनको मध्यपश्चिमी राज्यमा गर्भावस्थाको १२औँ हप्तापछि गर्भपतनमा प्रतिबन्ध लगाइएको छ ।
ट्रम्पले नियुक्त गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् २०२२ मा गर्भपतनको राष्ट्रिय अधिकार समाप्त गर्ने निर्णयमा पु¥याएपछि यो प्रतिबन्ध आएको थियो ।राष्ट्रपतीय मतदानसँगै हुने जनमत सङ्ग्रहमा १० राज्यमा गर्भपतन अधिकार मतपत्रमा छ ।
नेब्रास्कामा एउटा प्रस्तावले राज्यको संविधानमा गर्भपतन प्रतिबन्ध थप्न खोज्दैछ भने अर्कोले यो प्रक्रिया अनुमति दिइने अवधि बढाउन खोज्दैछ ।ट्रम्पको निर्वाचनपछि सन् २०१७ को पहिलो महिला मार्चमा पनि सहभागी भएकी वाग्नरका लागि विकल्प स्पष्ट थियो ।
“गर्भपतन प्रतिबन्धहरूको पहिले नै प्रतिक्रिया भएको छ किनभने महिलाहरूले आवश्यक स्याहार पाउन सकेका छैनन्”, उनले भनिन । केही विरोध प्रदर्शनकारीहरूले ह्यारिसलाई ‘बच्चा मार्ने’ को आरोप लगाए । यद्यपि उनीहरूको आवाज धेरैजसो दबाइएको थियो ।
ट्रम्प ‘धेरै खतरनाक’ हुनुहुन्छ र ‘महिलाहरूलाई बेवास्ता गर्नुहुन्छ’”, न्युयोर्ककी ६६ वर्षीया एब्बी कोहेनले प्लान्ड पेरेन्टहुडको बुथ नजिकै उभिएर भनिन, “म आशा गर्छु कि सबै महिलाले ह्यारिसलाई मत दिनेछन्, तर म आशा गर्छु कि सबै पुरुषहरूले पनि ह्यारिसलाई मत दिनेछन् ।”
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0