काठमाडौं । हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले डा.ज्ञवालीलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा.ज्ञवाली नियुक्त भएका हुन् ।
उपकुलपति कार्यकाल चार वर्षको हुने छ ।
यसअघि प्रतिष्ठानको उपकुलपति प्राडा विश्वराज जोशी थिए । उनको चार वर्षे कार्यकाल १५ साउनमा सकिएको थियो ।
डा ज्ञवाली अहिले त्रिवि चिकित्साशास्त्र अधययन संस्थानमा सहप्राध्यापकको रुपमा कार्यरत छन् । त्यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य सचिव थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1