काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको ७० औँ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५९ प्रतिशत पास भएका छन् ।
आज काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार मेडिकल तर्फ ५१.४ र डेन्टल तर्फ ७२.९७ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार मेडिकल तर्फ १ हजार १६८ जनाले परीक्षाका लागि फारम भरे पनि ३९ जना गयल भएका थिए । तीन जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।
त्यसैगरी, डेन्टल तर्फ ३०६ जना जनाले परीक्षाका लागि फारम भरेका थिए । भने १० जना गए भए ।
यसपटक परीक्षा हुनु अघि देशभर आएको बाढी पहिरोका कारण परीक्षार्थीलाई अफ्टेरो पर्न सक्ने भन्दै काउन्सिलले हिजो १५ असोजमा दिउसोको सिफ्ट र आज विहानको सिफ्ट छुटेका परीक्षार्थीका लागि सहभागी हुन मौका दिएको थियो ।
कुल १ हजार १२९ जना सहभागी भएकोमा ५७९ जना मात्रै पास भएका छन् । परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा गत असाेज १३ गते देखि आज सम्म चलेको थियाे ।