जर्मनीका लागि नेपाली राजदूत डा.शैल रुपाखेती सहित चार देशका राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन्।
उनीहरुले आइतबार राष्ट्रपति भवन शीतल निवासमा लिएका हुन्। सङ्घीय गणतन्त्र जर्मनीका लागि डा शैल सँगै संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, साउदी अरेबिया अधिराज्यका लागि डा। नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिएका हुन्। । उक्त अवसरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए। जर्मनीका लागि नियुक्त भएका राजदूत डा रुपाखेती शल्यचिकित्सक हुन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0