पाठेघरको मुखको क्यान्सरको परीक्षणमा नयाँ प्रविधि तथा त्यसका फाइदाका बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विराटनगरमा  गोष्ठी सम्पन्न भएको छ। लिक्विड बेस्ड साइटोलोजी र एचपीभी डीएनए टेस्टिङ स्क्रिनिङका बारेमा जानकारी दिने उद्देश्यले  ‘सेप दि फ्युचर अफ वुमन्स’ नामक दुई दिने गोष्ठी  सम्पन्न भएको हो।

गोष्ठिको पहिलो दिन लिक्विड बेस्ड साइटोलोजी सम्बन्धी कार्यशाला सम्पन्न भएको थियोे। सो कार्यशालामा पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पारिएको थियो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि उपयुक्त स्क्रिनिङ, प्रिक्यान्सरियस घाउको पहिचान, विशेष कोषिका र अन्य सबै साइटोलोजिक श्रेणीका बारेमा छलफल भएको थियो।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0