लामो समयदेखि दुर्गम जिल्ला मुगुमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान दिनुभएकी सरोजा बुढथापा ‘ह्युमान हर्मोनी अवार्ड’बाट सम्मानित भएकी छन । बुढथापालाई दुर्गम जिल्लामा बसेर कैयौँ कठिनाइका बाबजुद आमा तथा नवजात शिशुको ज्यान जोगाएर योगदान गरेको भन्दै मानव सद्भाव नेपालले सम्मानित गरेको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले सोमबार एक कार्यक्रमकाबीच सामाजिक कार्यकर्ता सरोजा बुढथापालाई सम्मानसहित ‘ह्युमान हर्मोनी अवार्ड–२०२४’ प्रदान गरेका थिए ।

सम्मानित बुढथापाले मुगु जिल्ला अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत रहँदा तीन हजार महिलालाई स्वास्थ्य संस्था बाहिर र पाँच हजार महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गरेकी थिइन ।

माओवादी जनयुद्धका बेला जिल्ला अस्पताल मुगुका प्रायः स्वास्थ्यकर्मी अस्पताल छोडेर बाहिर बस्दा बुढथापाले जिल्ला अस्पताल नछोडी दिनरात बिरामीको सेवा गरेकी थिइन । सबैले अस्पताल छोड्दा पनि तत्कालीन राज्य सत्ता सञ्चालनमा सहयोग गरेको भन्दै माओवादीले उहाँलाई अपहरण गरेको थियो । १५ दिनसम्म अपहरित हुँदा उनले माओवादीका कैयौँ बिरामी कार्यकर्ताको उपचार गर्नुभएको बुढथापाले बताइन। विसं २०४३ मा स्वास्थ्य सेवामा प्रवेश गरेकी नर्स बुढथापाले ३० वर्ष मुगुको स्वास्थ्य क्षेत्रमा सेवा गरेकी छन ।

मुलुकमा सङ्घीयता कार्यान्वयन पछि तीन तहका सरकार मातहतमा कर्मचारी समायोजन भएपछि स्थानीय तहमा समायोजन गरी उहाँलाई जुम्लाको हिमा गाउँपालिकामा खटाइयो ।

“जुम्लाको दुर्गम पालिकामा पनि मुगुपछि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने हुटहुटी थियो”, उहाँले भन्नुभयो, “मलाइ गाउँपालिकाले पद अनुसारको काम दिएन मैले एक वर्ष काम विहीन भएर दिन बिताउनु प¥यो र अन्ततः मैले आफ्नो सेवा अवधि हुँदै तीन वर्ष अगावै राजिनामा दिएँ ।” उनी सेवा निवृत्त भए पनि ज्येष्ठ नागरिक, आमा तथा बालबालिकाको सेवामा तल्लीन हुन्छिन ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0