तपाईले अहिलेसम्म धेरै पटक आफ्नो तौल नाप्नुभएको होला । अझ भनौं आफ्नो सही तौल थाहा पाउनका लागि दिउँसो वा बेलुका जुनसुकै समयमा तौल नाप्नु पनि भयो होला । तर मेडिकल न्युज टुडेको रिपोर्ट अनुसार बिहान खाली पेटमा तौल नाप्नु सबैभन्दा बढी राम्रो र सटिक समय हो । किनभने त्यति बेला तपाईंको पेट खाली हुन्छ र खानाको तौल हुँदैन । यही समयलाई तौल नाप्नका लागि उत्कृष्ट मानिन्छ ।

यदि यस्तो सम्भव छैन भने व्यक्तिले हरेक दिन एउटै समयमा तौल नाप्नुपर्छ । चाहे तपाईं दिउँसो गर्नुहोस् वा बेलुका । तर एउटै समयमा तौल नाप्दा सही अन्दाज लगाउन सकिन्छ । यद्यपि, खाना खाएपछि तौल नाप्नुको साटो खाली पेटमा तौल नाप्नुहोस् ।

तौल नाप्दा यी तीन कुराहरू ध्यान दिन आवश्यक छ

–  तौल नाप्ने मेसिन राम्रो गुणस्तरको हुनुपर्छ ।

– तौल नाप्ने बेला एउटै खालको जुत्ता र लुगा लगाउने प्रयास गर्नुहोस्

– एउटै स्केल अपनाउनुहोस् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
0
+1
0
+1
0