काठमाडौं । आज जनै पूर्णिमा । हरेकजसो पर्वको आ–आफ्नै विशेष परिकार हुने गर्छ । आजको दिनलाई विशेष क्वाँटी खाने दिनका रुपमा पनि चिनिन्छ।
जनै पूर्णिमाको दिन विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो क्वाटी यो । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाउन योग्य मानिन्छ ।
यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ । पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।
किन खाने क्वाँटी ?
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो ।
क्वाँटीका यस्ता छन् फाइदा ?
–मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
–रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
– क्वाँटीले कब्जियतको समस्या हटाउँछ ।
–मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।
–तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।
कसरी कति खाने ?
क्वाँटीमा प्रोटिन हुन्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँट सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।