भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ ।
सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समितिअन्र्तगत रहने भएको छ ।
यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी गठन आदेशबिना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1