पछिल्लो समयमा धेरै मानिसमा कोलेस्टेरोल बढ्ने समस्या देखिन थालेको छ। तर यो कोलेस्टेरोल खानेकुराले भएको भएमा खानेकुरा खाएर नै घटाउँन सकिने पोषणविद्धहरु बताउँछन् ।
पोषणविद् प्रणिती सिंहले खानेकुराले बढेको कोलेस्टेरोल खानेकुरा खाएर नै घटाउँन सकिने बताउँछिन् । उनका अनुसार कोलेस्टोरेल घटाउन हरियो सागपात, नर्टस्, एभाकाडो, ओट्स जस्ता फाइबरयुक्त खानेकुरा सेवनले घटाउन मद्दत गर्छ । तारेको, भुटेको, रातो मासु, जंकफुड, प्रशोधित खानेकुरा र जाँडरक्सी चुरोट जस्ता खानेकुरा खानुहुँदैन । यी खानेकुरामा धेरै मात्रामा नराम्रो फ्याट हुने जसले कोलेस्टेरोल बढाएको उनको भनाई छ ।
उनले भनिन् ‘ड्राइफुड, माछा वा माछाको तेल एभोकाडो, जौ, ओट्स, बीउको सेवनले शरीरमा कोलेस्टोरेल घटाउन सकिन्छ । यसमा शरीरलाई आवश्यक राम्रो फ्याट, ओमेगा थ्री र सिक्स प्रशस्त मात्रामा हुन्छ । जसले राम्रो कोलेस्टोरेल बढाउँछ र नराम्र्रो कोलेस्टेरोल कम गर्न मद्दत गर्छ ।’ उनले यसमा भिटामिन ई, म्याग्नेसियम तथा पोटासियम हुने भएकाले मुटुका लागि निकै फाइदाजनक हुने बताउँछिन् ।