उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरुका लागि खाद्य , पिउने पानी, सरसफाईजस्ता प्रथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय ९ओसिएच्ए० ले राष्ट्र सङ्घका एजेन्सी, गैरसरकारी संस्था (एनजिओ) र नाइजेरिया रेड क्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरुको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ ।
लामो द्वन्द्व सँगै बाढीका कारण पटक–पटक विस्थापित भएका उनीहरूलाई यथासिग्र सहयोग चाहिएको ओसिएचएले जनाएको छ ।
विपद्को समयमा लैङ्गिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालीकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1