काठमाडौँ । धेरैजसो मानिस दिनको सुरुवात क्याफिनयुक्त पेय पदार्थको साथमा गर्छन् । बिहान नास्ताको टेबलमा हाम्रो सामुन्ने यस्ता कयौँ चिजहरू हुन्छन् जसमा धेरै मात्रामा क्याफिन हुन्छ । क्याफिन रहित के सेवन गर्ने पनि धेरै मनमा आउँन सक्छ । जसबाट भरपुर ऊर्जा पनि पाइयोस् रु नास्तामा हामी सन्तुलित र पौष्टिकताले भरपुर हुनुका साथै स्वादिला वस्तु समावेश गर्न सकियोस् । यी यस्ता खानेकुरा तपाईको दिन नै उर्जावान बन्ने छ ।
केराः बिहानको सुरुवात केराबाट गर्न सकिन्छ । केरालाई नास्ताको रुपमा सेबन गरेर दिनभर ऊर्जाले भरिपूर्ण रहन सकिन्छ । क्याफिन मुक्त हुनुको अलावा केरामा प्राकृतिक चिनी, फाइबर, पोटासियम र भिटामिन सी जस्ता पोषक तत्त्व पनि प्रशस्त मात्रामा पाइन्छ । यिनीहरु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
छोकडाः छोकडाले दिनभर ऊर्जावान रहन मद्दत गर्दछ । प्राकृतिक मिठासका साथसाथै यसमा फाइबर, भिटामिन र सबै प्रकारका खनिज तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । यसले रगतमा चिनीको मात्रालाई मेन्टेन गर्न मद्दत गर्छ भने तत्कालै ऊर्जा पनि दिन्छ ।
स्याउः हरेक दिन एउटा स्याउको सेबनले तपाईलाई अनेकौँ रोग र बिमारीहरुबाट टाढा राख्छ नै तपाई दिनभर ताजा र ऊर्जावान महसुस गर्नु हुनेछ । स्याउ एन्टिअक्सिडेन्ट, फाइबर र प्राकृतिक चिनीले भरपुर हुन्छ । यसले दिनभर ऊर्जा प्रदान त दिनेछ नै यसमा पाइने फाइबरले आडिलो महसुस हुन्छ । यो तौल घटाउन पनि उपयोगी हुन्छ ।
बदामः बिहानको समयमा ऊर्जा बढाउन बदाम राम्रो स्रोत हुन सक्छ । बदाम प्रोटिन, स्वस्थ फ्याट र कयौँ प्रकारका भिटामिनहरूले भरिपूर्ण हुन्छ । यसले तपाईँलाई दिनभर ऊर्जाशील राख्न मद्दत गर्दछ । यसबाहेक बदाममा पाइने म्याग्नेसियमले मांसपेशीको फङ्शनलाई राम्रो बनाइ राख्ने काम राम्रोसँग गर्छ ।
अण्डाः स्वास्थ्यका लागि अण्डा सधैँ निकै फाइदाजनक मानिन्छ । आफ्नो दिनको सुरुवात क्याफिन फ्री बनाउन र ऊर्जाशील नास्ताबाट गर्न चाहनेका लागि अण्डा राम्रो विकल्प हो । अण्डामा उच्च गुणस्तरको प्रोटिन हुन्छ । यसमा भिटामिन र मिनरल्स पाइन्छ जसले तपाईँलाई ऊर्जा दिइरहनेछ ।
दहीः दिन सुरुआत राम्रोसँग गर्न नास्तामा प्रोटीनयुक्त क्रिमी ग्रीक योगर्ट (दही) समावेश गर्न सकिन्छ । चिनी बिनाको यो दहीलाई आहारको हिस्सा बनाउनु राम्रो हुन्छ । यो दहीले ऊर्जा त बढाउँछ नै पेटको स्वास्थ्यलाई राम्रो बनाउन पनि मद्दत गर्न सक्छ ।