बढी क्यालोरी भएका खाना नै मोटोपनको प्रमुख कारण हो । खानाबाट प्राप्त हुने क्यालोरीमा नियन्त्रण गर्नु नै तौल घटाउने प्रमुख उपाय हो । यसको लागि शारिरीक गतिविधिमा बृद्धि गरी क्यालोरी बढी खर्च गर्नुपर्ने हुन्छ । गुलियो र चिल्लो खानेकुरा जति सक्दो कम खानु पर्दछ ।
यदि तपाई आफ्नो दैनिक खानामा कुन बेला बढी क्यालोरी भएको खानेकुरा खानुहुन्छ त्यो पत्ता लगाउँनुहोस् । त्यसमा कटौति गर्नुहोस् । बढी क्यालोरी भएको खानेकुराको सट्टामा कम क्यालोरी हुने सागसब्जी र फलफुल खानुहोस् । क्यालोरी घटाउँने एउटा साधरण उपाय राति सुत्ने बेलामा दुध पिउँने बानी छोड्नुहोस् । एउटा स्वस्थ्य व्यक्तिले दुध नपिए पनि केही फरक पदैन् । दुध चियाको सट्टा कागति चिया खान सकिन्छ । चिनीको सट्टामा सुगर फ्रि चक्की खान सकिन्छ ।
मोटोपन भएमा ध्यान दिनुपर्ने कुराहरु
-प्रतिदिनको खानामा १० देखि २५ प्रतिशतसम्म क्यालोरी कटौटी गर्ने ।
-प्रतिदिन हिडाईमा १० देखि २५ प्रतिशत बढाउँने ।
-वर्तमान तौल र चाहिने तौल पत्ता लगाउँने ।
-मोटोपन भएमा महिनामा एक किलो तौल घटाउँने योजना बनाउँने ।
-वर्षमा १० केजी भन्दा बढी तौल नघटाउँने ।
-चिल्लो र गुलियो खाना कम गर्ने र फलफुल सागसब्जी बढी खाने ।
-सुगर ,रक्तचाप र कोलेस्टोल नियमित जाँच गर्ने ।
-तौल घटेन भनेर निरास नहुने (सुरुमा १ देखि २ महिनामा तौल नघटन सक्छ तर पछि निरन्तर प्रयास गर्दा घटन थाल्छ)
(डा. ओममुति अनिलको पुस्तक ‘म पनि डाक्टर’बाट साभार)

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0