के तपाईं नियमित स्याउ खानुहुन्छ ? यदि खानुहुन्न भने आजैदेखि नै खान सुरु गर्नुस्। किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ।
दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने र फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन्।
नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुने चिकित्सकहरु बताउँछन् ।
यी हुन स्याउका फाईदा
अल्जाइमर हुन दिदैन ।
डायबीटीज हुन दिदैन ।
कोलेस्टेरोल घटाउँछ ।
मुटु स्वस्थ हुने ।
तौल नियन्त्रण गर्ने ।
कलेजोको शुद्धिकरण गर्ने ।
रोेगप्रतिरोधात्मक क्षमता बढाउँने ।
पित्तथैलीको पत्थरी (पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ। स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन।