सुर्खेत २८ भदौः प्रदेश अस्पताल सुर्खेतको शुक्रबार एमआरआई मेसिन समुद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल । तस्बिरः सुरेश आचार्य÷रासस

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पताल सुर्खेतमा जडान गरिएको एमआरआई मेसिनको उद्घाटन गरेका छन ।
प्रदेश अस्पताल जडित थ्री टेस्ला ६४ च्यानलको अत्याधुनिक एमआरआई मेसिनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले उच्च प्रविधिको सेवा प्रवाहले कर्णालीवासीले बाहिर गएर महङ्गो खर्च गर्नुपर्ने दिनको अन्त्य भएको बताए । उनले भन्ने, “उच्चस्तर र गुणस्तरीय सेवा प्रदेश अस्पतालमा उपलब्ध छ यद्यपि सरल, सहज र विश्वासिलो हुनेगरी सेवा दिनुस् । अस्पतालको सेवा फलदायी बनाउने कुरामा प्रदेश सरकार साथमा छ ।”
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उच्च प्रविधि र गुणस्तरीय सेवा प्रवाहले कर्णालीवासीलाई प्रदेश बाहिर जानुपर्ने बाध्यता हटेको बताए । “यसले बिरामीलाई आर्थिक भार कम हुनेछ,” उनले भन्ने, “मेसिन खरिद भयो तर सञ्चालन र मर्मतमा ध्यान दिनुहोला ।”
अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले यो एमआरआई मेसिन नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको भएको बताए । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता हटेको उनले भन्ने । निर्देशक खड्काले भन्ने, “यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार हुँदै आएको छ । दैनिक २५–३५ जनालाई जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ । आवश्यक परेको खण्डमा चौबिसै घण्टा सेवा दिन अस्पताल तयार छ ।”
उनका अनुसार देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ तर प्रदेश अस्पताल सुर्खेतमा भने एकै दिनमा रिपोर्ट दिन चिकित्सक सक्षम भएका छन् । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपब्लध गराएको उक्त मेसिनको लागत करिब रु ३० करोड रहेको छ ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0