काठमाडौं । राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका १० जना महिला चिकित्सकहरु सम्मानित भएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सम्मान गरेका हुन्।
सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्न्तर्गत डा.रीता गुरूङ, डा.शान्तकुमारी सापकोटा, डा.हीरा तुलाधर, डा.गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय रहेका छन्। वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा.सुनिति आचार्य, डा. सुधा खकुरेल, डा.विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ रहेका छन् । उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरेका हुन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0