पाल्पाको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर आज एक पुरुषको मृत्यु भएको छ ।
खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
खोला तर्ने क्रममा चौहानलाई बगाएको हो । उनको शव एक सय ५० मिटर तल खोलाको बीच भागमा भेटिएको थियो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1