काठमाडौं । वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्र संचालनमा आएको छ। शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा.केडी जोशी जलन उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

नेपालमै जलनको उपचारको सुरूवात गर्ने वरिष्ठ प्लाष्टिक सर्जन डा.केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले जलन उपचार केन्द्रको नामकरण गरेको हो ।

उपचारको अभावमा जलन रोगीहरूको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरूको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे। मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए।

मन्त्री पौडेलले,’ हामीले मन्त्रालय सम्हाले देखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ। यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौँ।’

२०७२ सालको भूकम्प पछि वीर अस्पतालको बर्न वार्ड बन्द रहेको थियो । अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ भन्दै जलेका बिरामीलाई अन्यत्र रिफर गर्नु नपर्ने गरी सेवा दिने अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।

सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष ०८०\८१ मा  दुई करोड ८० लाख हाराहारीमा लागि बजेट विनियोजन जलन उपचार केन्द्रको निर्माण गरिएको छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0