काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि उत्पादक र स्वास्थ्य मन्त्रालयबीच कुनै द्वन्द्व गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

बिहिबार एपोनको ३० औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो धारणा राखेका हुन् ।

मन्त्री पौडेलले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने अहिलेको आवश्यक भएकाले सरकार औषधि उद्योगको उन्नति र विकासका निम्ति बाधा नबन्ने कुरामा जोड दिए।

‘विदेशी कम्पनीसँग मिल्नुपर्ने कुनै कारण छैन,’ मन्त्री पौडेलले भने, ‘ गुणस्तरीय औषधि कसरी उत्पादन गर्न सकिन्छ, त्यसको बारेमा चिन्ता गर्नुपर्ने हाम्रो दायित्व हो ।’
मन्त्री पौडेलका अनुसार नेपाली औषधि व्यवसायीलाई कसरी प्रोत्साहित गर्नुपर्छ । यहीँ उत्पादन भएको औषधिलाई कसरी खपत गर्न सकिने परिस्थिति कसरी बनाउन सकिन्छ ? त्यसका लागि कस्तो नीति बनाउने त्यसमा आफू तयार रहेको बताए।

मन्त्री पौडेलले स्वेदशी उत्पादनबाट सस्तो, गुणस्तरीय र सर्वसुलभ औषधि कसरी दिन सकिन्छ भन्ने विषयमा सोच्न उद्योगीहरुलाई आग्रह समेत गरे।

त्यसैगरी,औषधी उद्योगहरु धरासायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै ७०–८० अर्ब लगानी भएको तर त्यो अनुसार व्यापार नहुँदा घाटा व्यहोर्न बाध्य भएको संघका अध्यक्ष महेश प्रधानले गुनासो गरे। एपोनको २०४६ सालमा स्थापना भएको थियो ।

 

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0