झापा । झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँमा पूजाको प्रसाद खाँदा नै बिरामी परेको छ । अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो ।
पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५र६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ । उनले प्रसाद खाने केही समयपछि सबैलाई वान्ता र डाइरिया भएको बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1