काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, नेपाली नर्सहरुका समस्या समाधानका लागि आँफैले नयाँ संकल्प लिएको बताएका छन् ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित मन्त्री मोहन बहादुर बस्नेतले कार्यभार सम्हालेको १०० दिनका उपलब्धी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले, नर्सिङ सेवामा देखिएका चुनौती समाधानका लागि आवश्यक पहल गर्ने बताए ।
‘नर्सिङ सेवामा जे चुनौति अहिले देखिएको छ । यो हाम्रो लागि साच्चै अग्नी परीक्षा जस्तो मैले महसुस गरेको छ । र केही नीति गत सुधार गरेर नर्सिङ क्षेत्रमा देखिएका समस्या सामना गर्ने मैले आँफैले एउटा नयाँ संकल्प लिएको विश्वास पनि म दिलाउन चाहान्छु । ’ उनले भनेका छन् ।
उनले नेपाली नर्स विदेशिने बाध्यता न्यूनिकरणका लागि सक्दो प्रयास गर्ने बताए । उनले निति बनेका नीति कार्यान्वयनमा जटिलता र चुनौति सामनागरिहेको पनि बताए ।
घर जनस्वास्थ्य नर्सका समस्या समाधानका लागि नयाँ संकल्प गरेको छु : प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)
नर्सका समस्या समाधानका लागि नयाँ संकल्प गरेको छु : प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1