काठमाडौं । डिआई स्किन हस्पिटल एण्ड रिफरल सेन्टरले काठमाडौंको बासबारीस्थित गल्फुटारबाट छाला रोग सम्बन्धी उत्कृष्ट सेवा दिईरहेको छ ।  डिआई स्किन हस्पिटल एण्ड रिफरल सेन्टरले विगत १४ वर्षदेखि छाला कपाल, नङ लगायत सम्बन्धी नेपालमा अनुभवी डाक्टरबाट सेवा दिदै आएको छ ।
वि.स.२०६६ सालमा स्थापना भएको यस हस्पिटलले वि.स.२०७८ सालसम्म काठमाडौंको महाराजगंञ्जमा भाडाको भवनबाट सेवा दिएको थियो । डिआई स्किन हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापनाको समयमा भारत, अमेरिका, पाकिस्तान, स्वजल्यान्ड लगायत देशका छाला रोग विशेषज्ञ आएका थिए । उनीहरुले यस हस्पिटले दिने सम्पुर्ण सेवा अन्तराष्ट्रिय स्तरक नै रहेको भनेहरु आफुहरुलाई प्रशशा गरेको हस्पिटलका कार्यकारी प्रशासक एवम् सञ्चालक ऋषिप्रसाद सापकोटाले सुनाए ।
हस्पिटलका कार्यकारी प्रशासक सापकोटा अनुसार नेपालकै पहिलो छाला रोग सम्बन्धी उपचार गर्ने पहिलो हस्पिटल हो ।

यस हस्पिटल ले विगत १४ वर्ष देखि छाला कपाल, नङ लगायत सम्बन्धी नेपालमा अनुभवी डाक्टरबाट सेवा दिदै आएको छ । कार्यकारी प्रशासक सापकोटा बताउँछन् ।  कार्यकारी प्रशासक सापकोटाले भने ‘विगत दुई वर्ष (वि.स.२०७८) सालदेखि काठमाडौंको गल्फुटार बासबारीमा यस हस्पिटल साढे तीन रोपनी जग्गाको क्षेत्रफलमा फैलिएको डिआई स्किन हस्पिटल एण्ड रेफरल सेन्टरले अत्याधुनिक भवनबाट छाला रोग सम्बन्धी सम्पुर्ण सेवा दिईरहेका छौं ।’
कार्यकारी प्रशासक सापकोटाका अनुसार यस हस्पिटलले डर्माटो प्याथोलोजी सेवा पनि दिदै आएको छ । हस्पिटलले उत्कृष्ट प्यास्टिक सर्जरीको सेवा दिदै आएको छ ।
कार्यकारी प्रशासक सापकोटाले हस्पिटलले विगत दुई वर्षदेखि कपाल प्रत्यारोपणमा सेवा दिइरहेको जानकारी दिए । कार्यकारी प्रशासक सापकोटाले कपाल प्रत्यारोपणमा ग्राहक पनि सन्तुष्ट रहेका दाबी गरे । यस हस्पिटलमा १४ जना डाक्टरहरु कार्यरत छन् । भने नेपालका पहिलो छाला रोग विशेषज्ञ प्रा.डा. अनिकुमार झा यसै हस्पिटलका संस्थापन अध्यक्ष हुन । यस हस्पिटलको संस्थापन सदस्यमा ऋषि सापकोटा,रामप्रसाद पोखरेल लक्ष्णमणराज बराल र प्रा.डा.सृष्टि श्रेष्ठ छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
1
+1
0
+1
1