काठमाडौं ।  जाडो मौषमको समयमा अधिकाशं मासिनलाई रुघाखोकी र घाँटी दुख्ने समस्याले सताएको देखिन्छ । अझ भनौं जाडोमा धेरैलाई घाँटी दुख्ने समस्याले अझ धेरै सताएको देखिन्छ ।
यस्तो समस्या किन आउँछ ,कसरी जोगिने लगायत विषयमा वीर अस्पतालका नाक,कान,घाटी विभागका प्रमुख विशेषज्ञ डा.दिपेन्द्र श्रेष्ठसँग हेल्थवाणीकी सञ्जिता खनालले गरेको कुराकानीका अंश ः

जाडोमा घाँटी दुख्ने समस्या किन आउँछ ?
घाँटी दुख्ने समस्या जुनसुकै समयमा देखिन सक्छ । तर धेरै जसो घाँटी दुख्ने समस्या जाडो महिनामा बढी देखिन्छ । घाँटी दुख्नुका विभिन्न कारण हुन्छ । धेरै जसो घाँटी दुखाई भाईरल ईन्फेक्सनका कारण हुन सक्छ । अर्को ब्याकटेरिया ईन्फेक्सनका कारणले पनि घाँटी दुखेको हुन सक्छ ।
मौषम परिवर्तनको समयमा भाईरल ईन्फेक्सनका कारण यो सस्या आउँछ । भने अर्को जाडोमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता कम भएको त्यो समयमा पनि हामीलाई घाँटी दुख्ने र रुघाखोकीको समस्याले सताउँने गर्छ ।
चिसोको समयमा भनौं वा चिसो कारण घाँटीमा सुख्खा हुन्छ । चिसो बढेको समयमा घरभित्र बस्दा दुरी कायम कम हुने भएकाले अन्य समय भन्दा बढी घाँटी दुख्ने समस्या आउँने गरेको देखिन्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?
चिसोका समयमा घाँटी दुख्ने समस्या भाइरल ईन्फेक्सनका कारण बढी देखिएको गरेको पाईन्छ । भाईरल ईन्फेक्सन लक्ष्णका आधारमा उपचार गरेमा ३ दिनदेखि ५ दिनमा निको हुन्छ । रुघाखोकी घाँटी दुखाई पारासिटामोल खाएर नुनपानीले कुल्ला गरेर र आराम गरेर न्यानो भएर बसेमा अस्पताल जानु पदैन् निको हुन्छ ।
तर घाँटी धेरै दुख्ने, १०२ भन्दा बढी ज्वरो आउँने, बुढाबुढी र बालबालिकाहरुका स्वास फेन गाह्रो हुने र खान निल्न नसक्ने लगायतका समस्या आएमा चिकित्सकलाई तुरुन्त देखाउँनु पर्छ ।

जाडो मौषममा नाक कान घाँटी विभागमा कस्ता बिरामी आउँने गरेका छन् ?
जाडोका समयमा नाक कान घाँटीको ईन्फेक्सनका बिरामी आउँने गरेका छन् । घाँटी दुख्ने, घाँटी पोल्ने, कान पाक्ने, रुघाखोकी लाग्ने र विभिन्न ईन्फेक्सनका बिरामी बढी आउँने गरेका छन् ।

घाँटी दुख्ने समस्याबाट कसरी जोगिन ?
जाडो महिनामा घाँटी दुख्ने समस्या बढी देखिने हुदाँ धेरै चिसोमा नजाने न्यानो हुने, पानी प्याप्त मात्रामा पिउँने, आफु बस्ने कोठामा वेब भेन्टिलेटर राख्ने, यदि कसैलाई रुघाखोकी लागेमा ४ देखि ५ दिन मास्क लगाउँने छुटै बस्ने गर्न सकेमा जोगिन सकिन्छ ।
अर्को विभिन्न अध्ययनहरुले के पनि देखाएको छ भने, नियमित व्यायम गर्ने मानिसमा व्यायम नगर्ने मानिसको तुलनामा घाँटी दुख्ने समस्या कम देखिने जनाएका छन् । एन्टी अक्सीडेन भएका सन्तुलित खानेकुरा खाएमा घाँटी दुख्ने समस्याबाट जोगिन सकिन्छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0