थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ ।

काठमाडौं क्षेत्र नं.१ (क)का प्रदेश सांसद एवं पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई एउटा एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो। श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको छ ।

श्रेष्ठले कार्यविधी नहुँदा नहुँदै पनि ६० लाख छुट्याएर काठमाडौंको ठूलो र जनतासँग प्रत्यक्ष जोडिएको प्रसूतिगृहलाई कार्यविधी संशोधन गरेर भए पनि एम्बुलेन्स उपलब्ध गराइएको बताए।

उनले जनताको आवश्यकताको काम गर्न संशोधन गरेरै भए पनि तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए।

स्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग निरन्तर पाउनेमा विश्वास व्यक्त गरे। उनले भने “सङ्घीय र प्रादेशिक सरकारबाट सहयोग पाइरहेका छौँ । आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा छ । अस्पतालमा आवश्यकता अनुसार बजेट नभएको अवस्थामा सहयोग प्रदान भएको छ, आभारी छौँ ।” डा.अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0