करेलामा तीतो खानेकुराले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । करेला, मेथी जस्ता तीतो खानेकुराले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ । यी खानेकुराले इन्सुलिन छोड्न र राम्रो ग्लुकोज नियन्त्रण बढाउन मद्दत गर्न सक्छ ।
करेला, मेथीमा प्याप्त एन्टिअक्सिडेन्ट हुन्छ जसले छालाको लागि निकै फाइदाजनक हुन्छ । यसले हृदयरोग र मधुमेह जस्ता रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ । यसले क्यान्सरको जोखिम निम्त्याउने फ्री रेडिकलसँग पनि लड्छ ।

करेला तथा मेथीमा फाइबरको राम्रो मात्रा हुन्छ । फाइबर पेटको लागि धेरै लाभदायक हुन्छ । यसले भोकलाई पनि नियन्त्रण गर्छ । यो तौल घटाउनमा पनि उपयोगी हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, चिसो र ज्वरो जस्ता भाइरल संक्रमणबाट बचाउँछ । राम्रो स्वास्थ्यका लागि रोग प्रतिरोधात्मक क्षमता राम्रो हुनुपर्छ ।

यस्ता खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक छ । तर कुनै पनि कुराको अत्यधिक सेवनले हानि गर्छ । त्यसैले फाइदा गर्छ भनेर एकै पटक धेरै मात्रामा तीतो-टर्रो खानेकुरा खानु भने हुँदैन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0