काठमाडौं । ढाड र गर्धनको समस्या आएपछि घरमै विभिन्न प्रकारको व्यायम गर्ने तर निको नभएर अझ समस्या बढ्दै गएपछि मात्र उपचारका लागि आउने गरेका स्पाइन सर्जन डा. गौरव राज ढकाल बताउँछन् । उनका अनुसार यदि तपाईलाई कुनै चोटपटक लागेको छैन । तर ढाड र गर्धन दुख्ने समस्या एक्कासी देखियो ।
त्यस्तो समस्या कहिलेकाही राति सुत्दा नमिले उठ्दा क्रक्रक हुने गरी ढाड दुख्ने हुन्छ । त्यस्तो समस्या एक दुई दिन घरमा नै आराम गरेर व्यायम गरेमा निको हुन्छ ।
यदि निको भएन् अझ बढ्दै गएमा तुरुन्तै (स्पाइन सर्जन) मेरुदण्ड रोग विशेषज्ञलाई देखाउनु पर्ने उनको सुझाव छ । विभिन्न अध्ययन हेर्दा विश्वमा ८० प्रतिशत जनसंख्यालाई ढाड र गर्धन दुख्ने समस्या देखिएको पाइएको छ ।
गर्धन र ढाडको दुखाई सामान्य व्ययाम र औषधिले निको हुन्छ । यसका लागि सर्जरी चाहिदैन । ९० प्रतिशतमा ढाड र गर्धनको शल्यक्रिया गर्नु पर्दैन ।
ढाड र गर्धन दुख्ने समस्याका रोकथामका उपाय
– आफ्नो जीवन शैलीमा परिर्वतन ल्याउने
– नियमित व्यायम गर्ने
– गर्धन र ढाडको दुखाईको समस्या आउने बित्तिकै तुरुन्तै मेरुदण्ड रोग विशेषज्ञकोमा उपचारका लागि जाने ।
– हात खुट्टा झमझमाउने कमजोरीपना देखिने, हिँड्न गाह्रो हुनेलगायतका समस्या आएमा मलाई जटिल समस्या भयो कि भनेर तुरुन्तै उपचारका लागि मेरुदण्ड अर्थात स्पाईन सर्जनलाई देखाउनु पर्छ ।