सर्वोच्च अदालतले कोरोना बीमाको रकम दाबी गर्दै दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार रिट निवेदकले अन्तरिम आदेश माग गरे पनि अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्चले हालसम्म किन कोरोना बिमा बापतको रकम भुक्तानी नभएको हो भन्दै सरकारसँग जवाफ माग गरेको हो ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले विपक्षीहरूलाई अन्तरिम आदेशमा झिकाउँदै लिखित जवाफसहित उपस्थित हुन पनि सर्वोच्चले भनेको छ। नेपाल बीमक सङ्घसहित बिमा कम्पनीहरूले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध आइतबार सर्वोच्चमा मुद्दा दायर गरेको थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1