काठमाडौं । सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अनुदान अन्तर्गत नवनिर्मित स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

बागमती प्रदेशका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण थापा मगरले प्रदेशस्तरको स्वास्थ्य प्रणाली सुदृढ गर्न सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको महत्वपूर्ण भूमिका रहेको बताए । हेटौडामा एक औपचारिक कार्यक्रमकाबीच सेभले भवन हस्तान्तरण गरेको छ ।

विशेषगरी स्वास्थ्य सेवाबाट बञ्चित सर्वसाधरणको औषधीसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने उनले बताए ।

यस भवन अपाङ्गता–मैत्री, सीसीटीभी जडित, फायर अलार्म प्रणालीयुक्त, टेलिफोन तथा इन्टरनेट नेटवर्क र चौबिसै घण्टा सौर्य उर्जा ब्याकअप प्रणालीजस्ता सुविधा सम्पन्न छ । गोदामको निर्माण कार्य १७ मार्च, २०२४ मा सुरु भयो र तीन पुरा गर्न ३ महिना लाग्यो ।

नेपाल तथा भुटान कन्ट्री अफिसको राष्ट्रिय निर्देशक तारा क्षेत्रीले भनिन्, ‘यो स्वास्थ्य सामग्री भण्डारण भवनले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका साथै आवश्यक औषधिहरूको आपूर्ति र मागको व्यवस्थापनमा सहयोग पुर्‍याउने छ’ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0