काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ। वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको छ । पहिरोले पुरिँएका वडा सदस्य दम्पतीको शव (आइतबार)आज बिहान साढे १० बजे पहिरोबाट निकालिएको हाे जानकारी दिए।
गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका थिए । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको जानकारी दिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1