चिकित्सकहरुका अनुसार एचपीभी भनेको एक प्रकारको विषाणु ह्ुमन प्यापिलोमा भाईरस हो । संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सर प्रमुख कारक ह्मुन प्यापिलोमा भाईरस हो । पाठेघरको मुखमा गराउँने क्यान्सरमा ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ ।
एचपीभीको २ सय भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउँने प्रमुख कारक हुन् । भने यसमा पनि १६ र १८ प्रजाती सबैभन्दा बढी कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजातिमा १६ र १८ नै बढी देखिएको छ । यसले महिलामा पाठेघरको मुखको क्यान्सरका साथै यौनाङ्मा आउने मुसा तथा यौनागंको क्यान्सर समेत गराउँने डा. लाल बताउँछन् ।
एचपीभी कसरी सर्छ ?
एचपीभी मुख्य संक्रमित व्यक्तिसँग यौग सम्पर्कबाट सर्छ । तर यो संक्रमित व्यक्तिको यौनअंगको छाला वा तरल पदार्थ सँग सम्पर्क मार्फत पनि सर्न सक्छ । यसको संक्रमण पुरुषमा पनि हुन्छ । पुरुषबाट महिलामा सर्छ ।
एचपीभीका लक्ष्ण ?
पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा कुनै लक्ष्ण र चिन्ह देखिदैन् । अन्तिम अवस्थामात्र पहिचान हुन्छ । पछि गएर तल्लो पट दुख्ने,अनियमित रुपमा रगत बग्ने,धेरै रगत बग्ने, गन्हाउँने पानी बग्ने, कमजोर हुदै जाने र रक्तअल्पता जस्ता लक्ष्ण देखिने हुन्छ ।
रोकथामका उपायहरु के के छन् ?
यो रोगबाट बच्न किशोरी अवस्थामा एचपीभी खोप लगाउँने हो । यो खोप यौन सम्पर्क हुनभन्दा अघिकै उमेरमा लगाएमा बढी प्रभावकारी हुन्छ ।
अर्को संक्रमित पुरुषबाट महिलामा असुरक्षित यौन सम्पर्क हँुदा सर्ने भएकाले सुरक्षित यौन सम्पर्क उपायहरु अपनाउँने
समयमै संक्रमण पहिचान गर्न पाठेघरको मुखको नियमित जाँच गराउँनुपर्छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0