महिनावारीको समयमा तल्लो पेट दुखेमा हलुका तरिकाले मालिस गर्ने तथा रबरको थैली वा बोतलमा तातो पानी राखेर सेक्न स्त्री रोग विशेषज्ञहरु बताएका छन् ।
महिनावारीको समयमा पेट दुखेमा के गर्ने ?
-अदुवाको रस राखी तातोपानी या चिया पिउने।
-तनाव, चिन्ता कम गर्ने ।
-हल्का व्यायाम र घुमफिर गर्ने।
-लामो स्वास तान्नु र छोड्ने ।
-पेट दुखेको समयमा तातो पानी भरिएको बोतल कपडामा बेरेर सेक्दा पनि धेरै आराम हुन्छ।
-मनतातो पानीले नुहाउँदा पीड़ा कम हुनुका साथै निकै आराम महसुस हुन्छ।
– झोलिलो तथा पोसिलो खानेकुरा खाने ।
-अत्याधिक रक्तश्राव भएमा चिकित्सकसँग सल्लाह लिने।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1